TikTok E-commerce Data Analytics, Choose Tikmeta
Get Started
Introduction: This is a tiktok video published by Sirjana Sizzu. The video has now received more than 2.4K likes, 26 comments and 0 shares. It is deeply loved by fans. The following is the specific data and similar videos. Address, you can complete the operation on this page by clicking play or bookmarking the video.
Views
18.2KDaily-
Likes
2.4KDaily-
Comments
26Daily-
Shares
0Daily-
ER
13.08%Daily-
Latest Videos
आदरणीय अभिभावक, दर्शन नमस्ते ! मलाई धेरै कुरा याद छैनन । सम्झिन बल गरे धमिलो पानीमा हेर्दा देखिने धमिला वस्तु जस्तै छन् । तर बिगतलाई चट्टै भुलेको पनि छैन । पहिलो भिडियोमा आएको पहिलो भ्युज, कमेन्ट । अनि कति सब्स्क्राईबर पुग्यो होला भनेर बेला बेला मनमा चलेको कौतुहलता ! ओ… हो …! एउटा कमेन्ट आउदा पनि हतार हतार रिप्लाई दिन मन लाग्ने ति दिन । जानि नजानी के के बनाइयो बनाइयो । सम्झिँदा अहिले पनि अचम्म लाग्छ । जे बनाइयो बनाइयो । अनि बनाउन प्रेरित गर्ने चाही तपाई । सिकाउने पनि तपाई । याद छ ! म आफै मेरो च्यानलको पहिलो सब्स्क्राईबर थिए । अनि घरपरिवार, आफन्त, साथि भाई सप्पै । जो भेटे पनि मोबाईल मागेर आफ्नो च्यानलको सब्स्क्राईब बटन थिचिहाल्थे । एक एक गर्दै आज एकको पछाडी पाँच शुन्ना थपिन लाग्दैछौ । आहा ! यो शुन्ना भन्ने अङ्क पनि अनौठो के ! कहिले शुन्ना आउदा रुनु पर्ने कहिले शुन्ना थपियो भन्दै खुसी लाग्ने । डा. नवराज केसीको किताबको शीर्षक सम्झिन्छु , शून्यको मुल्य । शून्यको मुल्यमा रमाएकी म शून्यको मुल्य बुझ्दैछु । अनि एउटा कुरा, मेरा सब्स्क्राईबरका अङ्क, ति अङ्क मात्र थिएनन् । मेरो आत्माको आवाज मलाई सुनाउने परमात्मा थिए । मलाई जीवनको बाटो देखाउने अभिभावक थिए । मेरा कमीकमजोरीका साछि थिए । तिनै एक एक गरि जोडिएका नम्बरले मलाई मेरो म बनाए । मलाई मै सङ्ग रमाउन सिकाए ! जिवन जिउन सिकाए । बाँचुन्जेल चल्ने यो प्रिय जिवन चक्रमा म सधै आभारी हुनेछु । तपाईको निस्वार्थ माया नै मेरो हौसला हो । अहिले धेरैले कमेन्ट, म्यासेज गर्नुहुन्छ । म तपाईले बनाएकी एक यात्री कहिले हिमालका गोठमा हुन्छु त कहिले वनजङ्गलमा, कहिले पहाडको खोचमा त कहिले तराईका फाटमा । समयमै रिप्लाई दिन नसक्दा म आफैलाई दु:ख लाग्छ । सबै ठाउंमा शहर जस्तो टावर पनि हुदैन । टावर भेटिँदा रिप्लाई दिनै नसकिने म्यासेजका चाङ हुन्छन् । फेरी तपाई माझ समयमै भिडियो पनि पुर्याउनै पर्यो । जिम्मेवारी पनि त भुल्न भएन नि । छोरी बहिनी सम्झेर माफ गर्नुस है । हँसिलो अनुहार भएर होला सम्पन्न लाग्छ । तपाईको मायाले होकी भुकम्पले घर बिहीन हुदा पनि म सम्पन्न नै छु जस्तो लाग्छ । घर त बनाउला नि बिस्तारै । मेरो कमाई खुसी हो जो तपाईहरुले दिनुभएको छ । खुलेर हाँस्न अनि जिउन जानेकी छु । प्रिय लाख मनहरु प्रति म सधै आभारी छु । लाख लाख धन्यवाद ! ! तपाईकी सृजना सिज्जु । #sizzu💚 #explore #alwayspositive💜 #letsbereal🦅 #lovetoworld🌎 #happy100k #100ksubscribers #100kjourney join my ytb and insta ❤️ malai tiktok chalxa vanne pani tha thiyna but aaja kasari chalio😄
20.0K
2.0K
57
Sirjana Sizzu
11 months ago
Similar Videos
Watch moreMore Videos
Watch more